बिर्तामोड , फागुन २२ । बिर्तामोड ९ मा रहेको आदर्श नव युवा क्लबको नयाँ नेतृत्व चयन भएको छ ।

शनिवार भएको क्लवको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले केशव बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा अम्बिका खड्का , सचिव सूर्य चौधरी , कोषाध्यक्ष तारा कट्वाल तथा सदस्यहरुमा पुण्य आचार्य , तीर्थ पाठक , खेम बुढाथोकी , सकुन राजवंशी , भीष्म कार्की ,मोहन विक र माया खड्का रहेको निर्वाचन समितिका सदस्य इन्द्रसिंह राजवंशीले जानकारी दिए । समिति चयन गर्नका लागि मोहनकुमार पौड्याल संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समिति बनाइएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले साधारणसभाको उद्घाटन गरिन् । उनले क्लबले आफ्नो क्षेत्रलाई नमूना टोलको रुपमा विकास गर्न सकोस् भन्दै त्यसका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षता गरेका क्लबका अध्यक्ष भुपाल दाहालले संस्थाको प्रगति एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य संगीता सिवा , क्लवका पूर्व अध्यक्ष रामजी बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका उपाध्यक्ष युवराज रोक्काले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रमेश डाँगीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्