बिर्तामोड, फागुन २४ । प्रेस संगठन नेपाल झापाको जिल्ला कमिटी निर्माण भएको छ ।

बिर्तामोडमा सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । त्यसैगरी संगठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।

प्रेस संगठन नेपाल झापाका संयोजक सुव्रत न्यौपानेको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा झापा इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि कोइराला, नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दलार्मी, नेकपा झापा अध्यक्ष वेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल,संङ्गठनका १ नं. प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई,झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, संङ्गठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह–इन्चार्ज तिर्थ सिग्देले गरेको कार्यक्रममा सपथ ग्रहण सङ्गठन १ नं. प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।
सङ्गठन झापा सह–संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए । अतिथिलाई स्वागत तथा सत्कार सङ्गठन झापा सह–संयोजक अनिलदेव राईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संङ्गठन १ नं. प्रदेश सह–संयोजक मुक्ति पौडेल, संङ्गठन १ नं. प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतिसिंह दलार्मी, सङ्गठनका केन्द्रीय सदस्य विमल लामिछाने, दयाराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्