दमक, फागुन २४ । कोरोना भाइरस महामारीका समयमा विरामीहरुको रगत परीक्षणमा दत्तचित्त भई सेवा पुर्याएको भन्दै गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रकी प्राविधिक सुमित्रा गुरुङलाई सम्मान गरिएको छ ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसका अवसर पारेर दमक जेसीजले सोमबार एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । सम्मानपत्र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले हस्तान्तरण गरिन् ।
कोभिड महामारीले आक्रान्त बनाएको अवस्थामा उनले अग्रभागमा अहोरात्र खटेर पिसिआर नमुना संकलकका रुपमा काम गरेकीले उनको उक्त योगदानलाई कदर गरी थप हौसल्ला प्रदान गर्न सो सम्मान गरिएको अध्यक्ष सुयोग खरेलले बताए। .
सम्मान कार्यक्रममा दमक जेसीजका पदाधिकारी,पूर्व अध्यक्ष,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक मधु गुप्ताले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्