बिर्तामोड , फागुन २४ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी ) ले आफ्नो २८ औं वार्षिक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

यस वर्ष केन्द्रीय कार्यालयलगायत आफ्ना जिल्लाभरिका सम्पूर्ण शाखा कार्यालयमा एकसाथ कार्यक्रमको आयोजना गर्दै वार्षिक उत्सव मनाएको हो ।
यसैबीच बिर्तामोड –१०स्थित सैनिकबजार कार्यालयले एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको छ । संस्थाको कार्यालयगत उपसमिति संयोजक मनु मुखियाको अध्यक्षता तथा सहकारी पसल व्यवसाय उपसमिति सदस्य हरिभक्त बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कर्मचारी पूजा थापाले स्वागत गरेकी थिइन्। कार्यक्रममा १नम्बर इकाई समिति संयोजक कमल खतिवडा, २ नम्बर इकाई समिति संयोजक रत्नबहादुर बस्नेत, कर्मचारी पवन मैनाली, बजार प्रतिनिधि चन्द्रबहादुर राईलगायतले संस्थासँग सम्बन्धित आफ्ना अनुभव राखेका थिए । कार्यक्रमको सञ्चालन उपसमिति सचिव एवम् कार्यालय प्रमुख विशाल ढुंगानाले गरेका थिए । २०५० साल फागुन २४गते संस्थाका वर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको नेतृत्वमा २६जना संस्थापक सदस्यबाट स्थापना भएको सहकारीमा हाल ४१ शाखासहित ९८ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्