झापा, फागुन २५ । दमकका युवा व्यवसायी राजेन्द्र दंगाल होटल व्यवसायी महासंघ प्रदेश–१ को अध्यक्षमा चुनिएका छन् ।

सोमबार बिर्तामोडमा सम्पन्न महासंघको प्रथम महाधिवेशनले .दंगालको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुंगाना, तीन उपाध्यक्षमा गोविन्द थापा, देवीप्रसाद पौडेल र जेपी राई, महासचिवमा बासुदेव बराल, सचिवमा शिवकुमार अधिकारी,सहसचिव दिलकुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रेम सापकोटा, लालबहादुर श्रेष्ठ, मोक्षरत्न पोख्रेल, पुनम थापामगर,पदमलाल लम्साल र विमल भण्डारी, दिनेश खवास रहेका छन् । समिति २१ सदस्यको हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको बताइएको छ । प्रदेश–१ मा १५ हजार होटल ब्यवसायी रहेका छन् । साना, मझौला र ठूला गरी होटललाई तीन समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्