इलाम , फागुन २५ ।एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उद्धेश्यसहित सुर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा कयुआरमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ ।

मंगलवार विहान सुर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अन्तु डाँडा सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलव्ध गराईएको क्युआर कोड हस्तान्तरण गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्युआर कोड सेवा शुरु भएसंगै अन्तु डाँडामा रहेका सामुदायिक होमस्टेहरुमा ग्राहकहरुले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सिधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्नेछन् ।बैंकले साना तथा मझौला उद्यमीहरुलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आईरहेको छ । नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।
क्युआर कोड हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा एक्सेल डेभलपमेन्ट बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए । उनले वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्