बिर्तामोड , फागुन २५ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला अधिकारका पक्षमा बिर्तामोड नगरपालिकाले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेको छ । ।

बिर्तामोड नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको हो । अपांगता भएका महिलालाई सीपमूलक तालिम दिने , आत्मनिर्भर बनाउने , साना उद्यमी व्यवसायीहरुलाई शून्य प्रतिशत व्याजमा ऋण उपलव्ध गराउन पहल गर्ने , प्रदेश र संघको बजेट विनियोजनका बेलामा महिलाका राय सुझाव अनिवार्य लिनु पर्ने , राजनीतिक नेतृत्वमा नैतिकवान र स्वच्छ छवि भएकाहरुलाई मात्र लानु पर्नेलगायतका बुँदाहरु प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवं उप प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड क्षेत्रमा रहेर महिलाका लागि काम गर्ने विभिन्न ३३ वटा संस्थाका प्रतिनिधिहरुलाई बोलाइएको थियो । कार्यक्रममा नगरपालिकाका न्यायिक समितिका अधिकृत टीका लामिछानेले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यस कार्यपत्रमाथि गोमा भट्टराई र जय तिम्सिनाले टिप्पणी गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख शिवाकोटी , उप प्रमुखप्रसाईसँगै सहभागीका तर्फबाट एवीसी नेपालकी कंचना सिटौलाले पनि आफ्नो धारणा राखेकी थिइन् । महिला तथा बालबालिका विकास शाखाकी प्रमुख पुष्पा कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन गोमा पोखरेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्