बिर्तामोड , फागुन २५ । बिर्तामोडमा ग्यास लिक भएर मंगलबार साँझ आगलागी भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं १ स्थित पश्चिम बस स्टेन्ड दक्षिण खेम बुढाथोकीको घरमा आगलागी भएको हो । बुढाथोकीको तीन तलामा सो आगलागी भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजे शुरु भएको आगलागी पौने ८ बजे नियन्त्रणमा आएको थियो । आगो निभाउन बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयवासी खटिएका थिए । आगलागीबाट घरमा भएका सरसामान जलेर नष्ट भएको र क्षतिको विवरण निकाल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्