दमक, फागुन २६ । नेपाल प्रेस युनियनले दमकका एक जना पत्रकारलाई कोरोना बिमा रकम प्रदान गरेको छ ।

युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको रु १ लाखको प्रदान गरेको हो ।
ती व्यावसायिक प्रतिष्ठानको सहकार्य तथा दमककै सगरमाथा ईन्स्योरन्समार्फत जिल्लाका माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको संयुक्त रुपमा कोरोना विमा गरिएको युनियनका अध्यक्ष विष्णु सुब्बाले बताए । तीमध्ये दुई जना संक्रमित भएका थिए ।
युनियनले बुधबार रोजियट बोर्डिङमा एक कार्यक्रम गरी पत्रकार पौडेललाई विमा रकम हस्तान्तरण गरेको हो । विमा रकमको चेक अटोका सञ्चालक प्रकाश प्रसाई, बोर्डिङका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल,कर्मचारी जेनिश पराजुली, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
सो अवसरमा इन्स्योरेन्सका प्रबन्धक दंगालले उक्त इन्स्योरेन्स कम्पनीमार्फत गरिएका ६३ वटा बिमामध्ये २१ जनाले नियमानुसार पाउने रकम प्रदान गरिएको र अन्यको आउने प्रकृयामा रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्