बिर्तामोड, फागुन २६ । नेपाल विद्यार्थी संघ झापाअन्तर्गत देवी क्याम्पस इकाइ समिति बिर्तामोड गठन भएको छ ।

पवन दाहालको सभापतित्वमा ५१ सदस्यीय इकाई समिति गठन भएको हो ।
समितिको उपसभापति विनोद आचार्य, विष्णु शाह र विजय खड्का, सचिवमा शितल गुरुङ, मंगलराज सुब्बा, सपना रिजाल, सहसचिवमा सुलोचना भट्टराई, बर्षा कार्की, भुवन पौडेल , भीम सिग्देल, रोशन कोइराला र अर्जुन लृुइटेल तथा कोषाध्यक्षमा गृष्मा सापकोटा रहेका छन् ।
नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व क्षेत्रीय सभापति पोषराज कटुवाल, जिल्ला सहसचिव मिलन चापागाई, जिल्ला सदस्य एलेक्स मैनाली, सञ्जय राई, योगेन्द्र थापालगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए ।
बसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण रिजालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्