बिर्तामोड,फागुन २६ । बिर्तामोड नगरपालिकामा दोस्रो वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा फागुन २८ गते शुक्रबारदेखि प्रतियोगिता हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजेता टिमले ७० हजार नगद पुरस्कार पाउने छ ।

प्रतियोगिताका उपविजेता टिमले नगद ५० हजार पाउने जनाइएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा गोलरक्षकलाई सम्मान गरिने अध्यक्ष संंग्रौलाले बताए ।