कुमरखोद, फागुन २६ । ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक खड्गबहादुर गिरीको सरुवा भएको छ ।

उनी ईलाका प्रहरी कार्यालय कुमरखोदमा ७ महिनाअघि काजमा खटिएर आएका थिए । उनको सरुवा अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा रहेको ईलाका प्रहरी कार्यालयमा भएको छ । त्यसैगरी शनिश्चरे ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गजेन्द्र राई माझी भने कुमरखोदको ईलाका प्रहरी कार्यालयमा आउने भएका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदमा एक कार्यक्रमकाबीच प्रहरी नायव निरीक्षक गिरीलाई विदाई गरियो । गिरीले प्रहरी संगठनमा आफूले २१ वर्ष ईमान्दारीताका साथ काम गरेको बताए । विदाई कार्यक्रममा झापा गाउँपालिका वडा नं २ का अध्यक्ष नेत्रबहादुर खड्का , वडा ४ का अध्यक्ष राजुजंग भारती, वजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवाल , समाजसेवी माधव पोखरेल , पत्रकार बरतलाल राजवंशीलगायत स्थानीय व्यापारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्