झापा , फागुन २६ । भारी मात्रामा प्रतिबन्धित लागूऔषध अफिमसहित दुई भारतयि महिला पक्राउ परेका छन् ।

आज बिहान मेचीनगर नगरपालिका वडा नं. ६ स्थिता न्यु बिशाल होटलबाट २ केजी अफिमसहित उनीहरु पक्राउ परेका हुन् । होटलको कोठा नं. १०५ अफिमको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाण्डौं र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा भारत KANGLATONGBI MANDIR IMPHAL WEST MANIPUR 795136 स्थायी ठेगाना भएकी ३० वर्षिया लक्ष्मी क्षेत्री र PANCHKELGURI, NIMAI DARJEELING WEST BANGALस्थायी ठेगाना भएकी ३८ वर्षिया गायत्री देवी क्षेत्री रहेका छन् । कालो निलो रंगको प्लाष्टिकको जेब्रा झोलाभित्र दुईवटा पोका बनाई लुकाई छिपाई राखेको अबस्थामा अफिम बरामद गरी दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्