भद्रपुर, फागुन २६ । भद्रपुर नगरपालिकाले वडास्तरीय नकाउट फुटवल प्रतियोगिता गर्ने भएको छ ।

‘खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुल नारा लिएर नगर खेलकुद विकास समिति भद्रपुरले फागुन २७ देखि चैत ७ गतेसम्म मेची रंगशाला भद्रपुरमा प्रथम मेयरकप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता संचालन गर्ने भएको हो ।
पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार र दोस्रोलाई २० हजार नगद पुरस्कार प्रदान गरिने छ नगरपालिकाका १० वटै वडा प्रतियोगितामा सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक श्याम राउतले जानकारी दिए ।
खेल उपसमितिका सहसंयोजक यमकुमार लिम्बुको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्