दमक,फागुन २७ । झापाको दमकका स्थापित युवा व्यवसायी चन्द्र गजमेर र रेनुका थापा ( गजमेर)ले बिहीबारदेखि शुभकामना ज्वेलर्स सञ्चालनमा ल्याएका छन् ।

दमक ६ स्थित साविक मामा चोकनजिकै गजमेर दम्पतीले ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यता , संविधानसभा सदस्य विश्वदिप लिङ्देन र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य पशुपति बरालको विशेष आतिथ्यमा ज्वेलर्स उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका वक्ताहरुले सुनचाँदी व्यवसायीप्रति सरकार र समुदायको दृष्टिकोणमा परिवर्तन आउनु पर्नेमा जोड दिए ।
संघका अध्यक्ष श्रेष्ठले सुनको आयातमा सरकारले व्यवसायीहरुलाई समेत अधिकार दिनु पर्ने बताए । सुनको बजारमा बैंकहरुको एकाधिकार तोड्न आवश्यक रहेको व्यवसायीहरुको जोड छ । उद्घाटनका अवसरमा संविधानसभा सदस्य विश्वदिप लिङ्देन, दमकका शैक्षिक व्यक्तित्व चुलाचुली अंग्रेजी माविका संस्थापक निर्देशक मनोजकुमार राई, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य कुमार निरौला, प्रदेश सहसचिव भेषराज धमला, नेपाल रत्न आभुषण महासंघका केन्द्रीय सदस्य विमल धमला, सुनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष शेरबहादुर गजमेर, पूर्व अध्यक्ष ऋषिधन गजमेरलगायतले शुभकामना मन्तव्य राखेका थिए भने दुर्योधन ल्वागुनले स्वागत मन्तव्य राखेका थिए ।

यसैबीच ज्वेलर्सले सुन तथा चाँदीका गरगहना खरिदमा आकर्षक छुटसहित उपहार योजना सञ्चालनमा ल्याएको सञ्चालक गजमेरले बताए । ज्वेलर्सबाट २५ हजार बढीको सामान खरिद गर्ने उपभोक्ताहरुलाई आफनो बार्षिकोत्सवका अवसर पारेर एक जनालाई उपहार योजनाअन्तर्गत टिभीएसको स्कुटर प्रदान गरिने उनले जनाएका छन् ।
ज्येष्ठ नागरिकलाई २५ हजार प्रदान
शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ज्वेलर्सका सञ्चालक गजमेरको परिवारले स्वर्गीय आमा बुद्धमाया गजमेरको स्मृतिमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षय कोषमा २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । सो रकम बराबरको चेक कोषका संरक्षक रुद्र घिमिरेलाई हस्तान्तरण गरिएको हो । गजमेरले सो कोषमा आगामी दिनमा समेत आफ्नो कमाईको निश्चित प्रतिशत बर्षेनि प्रदान गर्दै जाने प्रतिबद्धता जनाए । उनले धनकुटामा आफनो पुख्र्यौली गाउँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई चार वर्षयता लगातार शैक्षिक सहायता प्रदान गर्दै आएका छन् भने लायन्स क्लब र अन्य माध्यमबाट समेत सामाजिक कार्यहरुमा योगदान दिदैं आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्