बिर्तामोड , फागुन २७ । बिर्तामोडका युवा समाजसेवी प्रकाश बुढाथोकीले बिर्तामोड ९ स्थित काली माता मठमन्दिर व्यवस्थापन समितिको अक्षय कोषको लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।

काली माता मठमन्दिर व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर उज्यालो चिन्तन चौतारी रिसोर्टका संचालक रहेका बुढाथोकीले अक्षय कोषको लागि सो नगद सहयोग गरेका हुन् । त्यस्तै अक्षय कोषको लागि दिनानाथ शिवाकोटीले १५ हजार , भुपाल दाहालले १३ हजार १ सय , आफ्ना बुवाआमाको नाममा पुण्यप्रसाद आचार्यले ११ हजार , किशोर भट्टराईले ११ हजार र मिगेन्द्र लिङ्देनले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले जग्गा उपलव्ध गराए जेष्ठ नागरिक चौतारी निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काली माता मठमन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ९ का वडाध्यक्ष पवित्रा पाठक , विश्व हिन्दु महासंघका अध्यक्ष मोहन उपे्रती , समाजसेवी शम्भु पोखरेल , संचारकर्मी पिनाकी कोइरालालगायतले मन्तव्य राखेका थिए । त्यस अवसरमा ३० जना बृद्धा र २० जना बृद्ध गरी ५० जना जेष्ठ नागरिकलाई दोसल्ला र ढाका टोपीले सम्मान गरिएको थियो । सल्लाहकार अम्बिका कटुवालले स्वागत गरेको कार्यक्रमको संचालन काजी बुढाथोकीले गरेका थिए । महाशिवरात्री पर्वको अवसर पारेर मन्दिरमा बुधबारदेखि धार्मिक कार्यक्रम शुरु गरिएको अध्यक्ष रोक्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्