कुमरखोद , फागुन २८ । झापा गाउँपालिका ६ शरणामतीमा रहेको जनता माविमा छात्रवृत्ति वितरण गरिएको छ ।

रमापद्म उप्रेती छात्रवृत्ति,खगेन्द्र उप्रेती स्मृति छात्रवृत्ति,स्व.डिकबहादुर कार्की स्मृति छात्रवृत्ति तथा प्रवासी झापाली मंचगरी ३१ जना विध्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
रमा पद्म उप्रेती छात्रवृत्तिबाट कक्षा १२ मा अध्ययनरत २० जना विध्यार्थीलाई जनही ३ हजार रुपैयाँका दरले प्रदान गरिएको हो ।त्यस्तै शिक्षक तुलाराम बस्नेतलाइ रु ३ हजार तथा प्रमाणपत्रले उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । त्यस्तै स्व.डिगबहादुर कार्की छात्रवृत्तिबाट ४ जना तथा प्रवासी झापा मन्चबाट पनि ४ जनालाई समान ३ हजार रुपैयाँका दरले वितरण गरियो
विध्यालयमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीन जनालाई क्रमश रु ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ खगेन्द्र उप्रेती स्मृति छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर कार्कीको अध्यक्षता तथा रमापद्म उप्रेती छात्रवृत्तिका संस्थापक बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा अन्य छात्रवृतिका संस्थापक, शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी,प्रवासी झापाली मन्चका संयोजक नेत्र प्रसाईंलगायतको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विद्यालयका समग्र शैक्षिक अवस्था प्रकाश पार्दै स्वागत मन्तव्य निमित्त प्रधानाध्यापक रोहित पोद्धारले गरेको कार्यक्रमको संचालन शिक्षक भक्तबहादुर बानियाँले गरेका थिए । सोही कार्यक्रममा आगामी बर्षदेखि प्राबिधिकतर्फका विध्यार्थीका लागि रु एक लाखको अक्षयकोष स्व. प्रतिमान उप्रेतीको स्मृतिमा छोरा खेमप्रसाद उप्रेती र बुहारी तारा उप्रेतीबाट प्रदान गर्ने घोषणा भएको थियो ।