बिर्तामोड , फागुन २८ । न्याय सम्पादनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकामा ४ दिने पुनर्ताजगी तालिम शुरु भएको छ ।

वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारी सहभागी तालिमको बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले उद्घाटन गरेका थिए ।
उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगरपालिकाको न्यायिक फाँटका अधिकृत टीका लामिछानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपेन्द्र पराजुलीले गरेका थिए । तालिमको सहजीकरण अधिवक्ता नारायण भट्टराई र देवी निरौलाले गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्