झापा, फागुन २९ । झापामा आज दिउँसो भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका –१ बालुबारीस्थित क्याम्पा– सरङपाडा सडकखण्डमा दिउँसो पौने १० बजे ना १त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका –४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै झापा बाह्रदशी गाउँपालिका –५ मा आज दिउँसो साढे १ बजे मे ११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक सोही स्थान बस्ने ४३ बर्षीया कलसावती राजवंशी घाइते भई उपचारको क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।