कमल ,फागुन २९ । कमल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र युवक संगठनको नेतृत्व चयन भएको छ ।

शनिवार कमल ४ स्थित मुजुरभिट्टास्थित शिवपाञ्चायन मन्दिरमा महिला र युवक संगठनको एकैसाथ सम्पन्न भएको पहिलो अधिवेशनले दुवै संगठनको नयाँ नेतृत्व चयन गरेको पार्टी अध्यक्ष दिपक खरेलले जानकारी दिए ।
उनका अनुसार महिला संगठनको अधिवेशनले गीता पाठकको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित गरेको छ ।
निर्वाचित समितिको सदस्यहरुमा तारा बस्नेत,कुमारी अधिकारी,गंगा बुढाथोकी, जानुका विष्ट,सावित्रा अधिकारी,मैया कार्की,मिना दर्जी,तुलसा ढुंगाना,मिटीया हेमरम,गीता भण्डारी,मन्जु श्रेष्ठ,रमा लिम्बू,उर्मिला खड्का र मन्जु भण्डारी चुनिएका छन् ।
त्यसैगरी अधिवेशनले पदम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन गठन गरेको छ । समितिको तीन उपाध्यक्षमा प्रेमबहादुर लिम्बू,प्रतिक खरेल ,किरण खरेल, सचिवमा नविन बस्नेत,सहसचिवमा नविन खतिवडा र कोषाध्यक्षमा निर्मल नेपाली चुनिएका छन् । यस्तै सदस्यहरुमा बलबहादुर राई, दिनेश बुढाथोकी,नितेश राई,चन्द्रबहादुर कार्की,दिलबहादुर खड्का,सागर उप्रेती,सरोज चापागाई,केशव गुरुङ,निर्मल नेपाली,युनिस तिम्सिना ,पुष्करकुमार दास,अविन लिम्बु र बिश्व लिम्बू चुनिएका छन् ।
पार्टीका जिल्ला अध्यक्ष अम्बर विष्टको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटनमा पार्टीका प्रदेश सदस्य विक्रम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्