भोजपुर, चैत १ । भोजपुर रामप्रसाद राई गाउँपालिका –१ ओख्रेकी ७६ बर्षीया कुमारी बानियाको धान कुट्ने मिलको फितामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फितामा बेरिन गई उनी घाईते भएकी थिइन् । बानियाको उपचारको क्रममा स्थानीय संगिता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्