मेचीनगर, चैत १ । प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले हरेक सञ्चारकर्मीहरुले निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन गदैं कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेशसभा सदस्य मैनालीले फरक विचार, आस्था र सिद्घान्तका कारण समाचारहरुलाई फरकरुपमा सम्प्रेषण गर्न नहुने बताए । हरेक पत्रकार निष्पक्ष र स्वतन्त्र हुनुपर्ने भन्दैं उनले नेपाली प्रेस स्वतन्त्र र निष्पक्ष नभए धेरै कुरामा पारदर्शिता नहुने आशंका व्यक्त गरे ।
हरेक क्षेत्रमा देखा परेका विकृति विसंगतिलाई सञ्चारमाध्यममार्फत उजागर गर्न जोड दिदैं त्यस बखत देखिएका समस्याको हलमा पनि पत्रकारको भूमिका रहने बताए । हरेक कुराको समस्या नभएर समाधानतर्फ अघि बढ्नु पनि पत्रकारको मुख्यःजिम्मेवारी भएको उनको भनाई छ । पत्रकारिताको स्थापित मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै सञ्चार क्षेत्रको गरिमालाई भुल्न नहुनेमा उनले जोड दिए ।

मेचीनगर— ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले आगामी बजेटमा वडा कार्यालयमार्फत प्रेस क्लबलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । सांसद मैनाली र वडा अध्यक्ष तामाङले प्रेस क्लब मेचीनगरको कार्यालयको ६÷६ महिनाको कोठा भाडा आ —आफ्नो तर्फबाट तिरिदिने पनि प्रतिबद्धता व्यक्त गरे । क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने,क्लबका संस्थापक अध्यक्ष एवम् नेपाल पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, निवर्तमान अध्यक्ष मुक्ति पौडेल र पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा पत्रकार महासंघको सदस्य प्राप्त गर्न सफल क्लबका ५ जना र साधारण सदस्य एकजना गरी ६ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, रोटरी क्लब मेचीनगरका अध्यक्ष कृष्णकान्त खनियाँ पूर्व अध्यक्ष अशोक श्रेष्ठ, नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, छड्के अनुसन्धान साप्ताहिक पत्रिका सञ्चालक बालकृष्ण थापा, जनसंसद दैनिकका प्रधान सम्पादक झुलन रेग्मी, मेची आवाज साप्ताहिकका सम्पादक प्रकाशक डम्बर बराल, इलाका प्रहरी कार्यालय धुलाबारी प्रमुख प्रहरी निरिक्षक विकास राई, सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख प्रहरी निरिक्षक विकास राई, फोटो पत्रकार संघ झापा अध्यक्ष विनोद पाण्डे, आदिवासी जनजाति पत्रकार मञ्च प्रदेश नं १ की भूमिका सुब्बालगायतको आतिथ्यता थियो । क्लबका उपाध्यक्ष शिशिर चौलागाईँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जिआर धितालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्