दमक, चैत १ । दमक प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधिहरुलाई समेटेर एकैसाथ दुईवटा कृति सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले शनिवार नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा दमक बालज्योति र दमक ज्योति नामक दुईवटा कृतिको नगर प्रमुख रोमनाथ ओलीले एकैसाथ लोकार्पण गरे ।
प्रतिष्ठानले प्रकाशन गरेको ती कृतिमध्ये दमक बालज्योति बाल साहित्यिक हो भने अर्को कृतिमा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताए।
बालज्योतिका बारे साहित्यकार मिश्र वैजयन्ती र दमक ज्योतिका बारेमा साहित्यकार लीला अधिकारीले प्रकाश पारेका थिए । सार्वजनिक गरिएको दमक वालज्योति कृतिमा श्रष्टा धनकुटे कान्छा सम्पादक तथा दमक ज्योतिका सम्पादकमा उपप्राध्यापक धनञ्जय बाँस्कोटाले जिम्मेवारी सम्हालेका थिए ।
कृति सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधान ,नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत गणेशप्रसाद तिम्सिनालगायतका साहित्यकार, प्राध्यापक, कर्मचारी , शिक्षक शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्