बिर्तामोड , चैत १ । आदर्श कलेज अफ म्यानेजमेन्टले ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

कार्यक्रममा २ सयभन्दा बढी विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियोे । कलेजका को–अर्डिनेटर रविन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले विद्यार्थीहरुलाई जीवनको महत्व ,नियम पालना ,लागूपदार्थ दुव्र्यसनजस्ता बिषयमा अवगत गराएका थिए । ट्राफिक कार्यालय झापाका प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षाबारे अभिमुखीकरण दिएको कार्यक्रममा अभियन्ता भरत बस्नेत, विष्णु आचार्य , भरत यादवलगायतको आतिथ्यता रहेको थियो । आदर्श कलेजका बिषयगत शिक्षक ,कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलापका प्रशिक्षक दीपक दासले गरेका थिए ।आदर्श ब्याङकेट ,माइरा गल्र्स होस्टेल, व्रीज क्याफे, सुरुवाती कोठा नेपाल झापा र एसीई लर्निङ्ग सेन्टरको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्