उर्लाबारी , चैत २ । मोरङको उर्लाबारी नगरपालिकाले कृषक समूहहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

नगरपालिकाले नगरका ८ वटा वडाहरुमा १० वटा पावर टेलर र च्याउ खेतीका लागि २ लाख ४५ हजार मूल्य पर्ने पराल काट्ने च्यापकटर मेसिन निःशुल्क वितरण गरेको हो ।
उर्लावारी– ६ का अर्जुन श्रेष्ठ आफ्नो समूहले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा कृषि कार्यका लागि जोत्ने मेसिन पावर टेलर पाएकोमा मख्ख छन् । बर्षौंदेखि गोरु राँगा जोतेर खेती गर्ने परम्परागत तरिका छोडेर भाडाका ट्याक्टरबाट खेती गर्दै आएका उनी नगरपालिकाबाट ५० प्रतिशत सहुलियतमा पावर टेलर पाएपछि समयमा खेती गर्न पाउनेमा आशावादी छन् । आफूले चाहेको समयमा खेती गर्न पाउ“दा समग्र समूहका कृषकहरुको उत्पादनमा समेत बृद्धि हुने उनी बताउँछन् । उर्लावारी वडा नं. ३ बाहेक ८ वटै वडाबाट समूहगत ४७ वटा निवेदन परेकोमा प्राथमिकताका आधारमा यसपटक १० वटा समूहलाई पावर टेलर वितरण गरेको कृषि शाखाले जनाएको छ । कृषकहरुको हितलाई ध्यानमा राख्दै नगरपालिकाले समय–समयमा यस्ता कृषि उपकरणहरु वितरण गर्दै जाने र नगर आºनैं पौरखमा कृषि उपजमा आत्मनिर्भर बन्नुपर्ने नगर प्रमुख खड्ग फागोको भनाई छ । उर्लावारी वडा नं.१ को हरैंचेटोल कृषक समूहलाई १ थान, वडा नं.२ का २ वटा समूहहरु युवा वहुउद्देश्यीय र कामना मिश्रित समूहलाई १÷१ वटा, ४ को उर्लावारी मौरीपालन समूहलाई १ थान, वडा नं.५ को स्वस्तिक स्वस्तिका कृषि फर्मलाई १ थान, वडा न.ं६ को जनज्योति कृषक समूहलाई १ थान, वडा नं. ७ को पारिजात वहुउद्देश्यीय कषक समूहलाई १ थान, वडा नं.८ का २ वटा समूहहरु हामो कृषक प्रे्ररणा समूह र जागृति कृषक समूहलाई १÷१ थान तथा वडा नं. ९को भदाराज कृषक समूहलाई १ थानगरी जम्मा १० थान पावर टेलर वितरण गरिएको हो । त्यस्तै उर्लावारी भरिका च्याउ खेती गर्ने कृषकहरुका लागि २ लाख ४५ हजार मूल्यको पराल काट्ने च्याप कटर मेसिन निःशुल्क वितरण गरिएको हो । नगरपालिकाले यसअघि पनि कृषक समूहहरुलाई मौरीघार, बीउविजन, फलफूलका विरुवा,सिंचाईका लागि वोरिङ्ग, धान रोप्ने आधुनिक मेसिन सहुलियत दरमा वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्