बिर्तामोड, चैत २ । बिर्तामोडका दुई सामाजिक व्यक्तित्वहरुले विद्यालयलाई सहयोग गरेर आ–आफ्नो जन्मदिन मनाएका छन् ।

साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बिर्तामोड ९ स्थित देवकोटा आधारभूत बिद्यालयमा निर्माणाधीन सरस्वतीको मन्दिर र बगैंचाबारी निर्माणका लागि पाँच हजार एक सय रुपैयाँका दरले सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई शिक्षाका क्षेत्रमा लगानी गर्दा अर्थपूर्ण र दीर्घकालीन हुने भएकाले विद्यालयमा स्थानीय युवाहरुले गरेको प्रयासलाई सफल बनाउन आफूहरुले सहयोग गरेको उनीहरुले बताएका छन् । दुवैले सो रकम निर्माण समिति संयोजक सरोज पौडेललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्