झापा , चैत २ । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित फेरि एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम नगरपालिका वडा नं. २ बस्ने २५ वर्षिय मन्दिप श्रेष्ठ रहेका छन् ।
आज दिउँसो ४ः१५बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलबाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १ ग्राम खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो ।
आजै प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका वडा नं. ४ बस्ने २३ वर्षिय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका वडा नं. ७ घर भई हाल ईटहरी उप–महानगरपालिका वडा नं.७ बस्ने २४ वर्षिय लोकनाथ भण्डारी रहेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ४० ग्राम खैरो हिरोईनसहित उनीहरुलाई पक्राउ गरेको हो । तीनै जनालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच लागूऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ११ का ३३ वर्षिय कैलाश राजवंशी रहेका छन् । झापा जिल्ला अदालतको २०७६असार २ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा उनलाई ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्