बिर्तामोड , चैत ३ । विवेकशील साझा पार्टीका झापा जिल्ला संयोजक मेदनीप्रसाद प्रसाईलाई मातृशोक परेको छ ।

उनकी आमा कृष्णमाया प्रसाईको गएराति ९२ वर्षको उमेरमा निधन भएको हो । कृष्णमायाका तीन छोरा र दुई छोरी छन् । मेदनी कान्छा छोरा हुन् । नेकपा एमाले बिर्तामोड वडा नं. १० का वडा कमिटी अध्यक्ष एबं अगुवा स्वास्थ्यकर्मी ईन्द्र प्रसाई , पूर्व शिक्षक तेज प्रसाई पनि कृष्णमायाका छोरा हुन् । त्यस्तै छोरीहरु गंगा सापकोटा र धनमाया उपे्रती रहेका छन् ।उनको आज बिहान कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्