भद्रपुर , चैत ३ । भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ नेपाल खानेपानी संस्थानको सदस्यमा नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनी खानेपानी संस्थानको सदस्यमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद बैठकले अध्यक्षमा गुणाकर भुसालसहित पाँच सदस्य नियुक्त गरेको हो । अन्य सदस्यहरूमा निरूकुमारी कुँवर, नारायणी जीसी, रमेश केसी, वासुदेव अर्याल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्