झापा , चैत ३ । हराएको मोटरसाइकल फेला पारी प्रहरीले मोटरसाइकल धनीलाई जिम्मा दिएको छ ।

२०७६ पुष १७ गते राति ९ बजे अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बसपार्कस्थित माउण्ट मेची होटल अगाडी पार्किङ गरी राखेको बिराटनगर महानगरपालिका वडा नं. ७ बस्ने रोशन कार्कीको नाममा दर्ता रहेको को ३२ प ६६४७ नं. को जिक्सर मोटरसाईकल हराएको थियो । उनले २०७६ पुष १८ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा निबेदन दिएका थिए । हराएको मोटरसाईकलको खोजतलास गर्दै जाने क्रममा आइतबार भद्रपुर नगरपालिका वडा नं. १० स्थित सडक किनारमा बेवारीसे अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । सो मोटरसाइकल सम्बन्धित मोटरसाईकल धनी रोशन कार्कीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्