झापा, चैत ४ । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

मंगलबार दिउँसो १.३० बजे मेचीनगर नगरपालिका वडा नं. १५ फडानीस्थित कासघारीबाट बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षिया सुनिता हेमरम र सोही ठाउँका ३२ वर्षिया अनिता हेमरमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १५० ग्राम खैरो हिरोइन बरामद भएको छ । दुवैलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई राखिएको र झापा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्