झापा , चैत ४ । चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर १० बस्ने ३१ वर्षिय प्रकाश लामिछाने क्षेत्री रहेका छन् । झापा जिल्ला अदालतको २०७६ चैत ४ गतेको फैसला अनुसार चोरी मुद्धामा उनलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । कैद भुक्तानको लागि क्षेत्रीलाई कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्