मेचीनगर, चैत ५ । चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानलाई लक्षित गरेर मेचीनगर नगरपालिकामा स्थानीय तह पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, शिक्षक, सञ्चारकर्मीको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका हात्तीपाइले रोगका फोकल पर्सन जीवन चौलागाईँले गोष्ठीमा यो रोगको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।
आम औषधि सेवनको माध्यमबाट संक्रमणको दरलाई घटाउदैं यस रोगलाई जनस्वास्थ्य समस्याको रुपबाट निवारण गर्ने र संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधि सेवनका लागि योग्य सवै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रमको उद्घेश्य रहेको चौलागाईँले जानकारी दिए ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले हात्तीपाइले रोगका लक्षणका बारेमा जानकारी दिएका थिए । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका दीपेन्द्र चौधरीले सञ्चालन गरेको गोष्ठीको अध्यक्षता उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्