मेचीनगर, चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरको अध्यक्षमा सबिना बजगाईं चयन भएकी छिन् ।

शुक्रबार मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न एकताको अधिवेशनबाट आगामी कार्यकालका लागि सबिनालाई अध्यक्षमा चयन गरिएको हो ।
साथै २० सदस्यीय नगर समिति चयन गरिएको छ । जसको सदस्यहरुमा राजन प्रसाईं, युवराज प्रसाईं, गंगाराम खरेल, डम्बरप्रसाद भण्डारी, राजेन्द्र बुढाथोकी, दिवाकर काफ्ले, भवानीप्रसाद गुरागाईं, सुनिता शर्मा रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा दिपेश राई ( गोरे भाई), चन्द्र निरौला, रुद्र रिजाल, शेखर बस्नेत, कणर्बहादुर थापा, खड्गबहादुर कार्की, अम्बरबहादुर थापा, कुमार भुजेल, शेरबहादुर भण्डारी र देवी आचार्य रहेको निर्वाचन समिति संयोजक भवानी राजवंशीले बताए ।
२५ सदस्यीय रहने नगरसमितिमा ५ जना पछि थप गरिने निर्वाचन समिति सदस्य टंक कटुवालले जानकारी दिए । राप्रपा नेपालको मेचीनगर अध्यक्षमा सुशिल आचार्य रहेका थिए ।
यसअघि एकता अधिवेशनको उद्घाटन प्रमुख अतिथि राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले गरेका थिए । उनले अन्य पार्टीहरु फुटिरहेको वर्तमान अवस्थामा राप्रपाका शक्तिहरु एकिकरण हुनु सुखद पक्ष भएको बताए । कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, केन्द्रीय सदस्य भक्ति सिटौला, रोशन कार्की, पार्टी जिल्ला अध्यक्ष अमर विष्ट, राष्ट्रिय प्रजातान्त्रिक महिला संघ झापा अध्यक्ष राधा कार्की,सञ्चारकर्मी जीएन शर्मालगायतले मन्तब्य राखेका थिए । मेचीनगर समितिका सचिव चन्द्र निरौलाको सञ्चालन रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिता शर्मा र अध्यक्षता सुशिल आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्