दमक , चैत ८ । झापाको दमकमा हिजो साँझ टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सँख्या दुई पुगेको छ । तीनजना घाइते छन् ।

साँझ ५.३० बजे दमक नगरपालिका.४ चिया बगानस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क १०८२ न.को टिपरले विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४४प ८१३३ र को२८प ११३६ न.को दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट प्रदेश १–०२–०४४ प ८१३३ न.को मोटरसाइकलका चालक मोरङ रतुवामाई ८ बस्ने २३ वर्षिय निरन बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो । लाईफलाईन अस्पताल दमकमा उपचार हुन नसकी बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएकोमा उपचारका क्रममा राति ७.३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।यसअघि सोही मोटरसाइकलको पछाडि सवार मोरङ रतुवामाई .८ बस्ने २४ वर्षिय अनिष कोईरालाको गम्भीर घाईते भई उपचारको लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो । उनको शव लाईफलाईन अस्पताल दमकमा राखिएको छ । त्यस्तै पछाडि सवार रतुवामाई ८ बस्ने १८ वर्षिय हर्षित बाँस्तोला गंभीर घाइते भएका छन् । उनको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । त्यसैगरी को २८प ११३३ न.को मोटरसाइकलका चालक मोरङ उर्लाबारी ८ बस्ने ४० वर्षिय तुलाराम ढुङगाना र पछाडी सवार ८५ वर्षिय शिवलाल ढुङगाना पनि घाइते भएका छन् । उनीहरुको निम्स अस्पताल दमकमा उपचार भईरहेको छ ।
दुर्घटनापछि टिपर चालक दमक ४ बस्ने ४९ वर्षिय प्रकाश तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्