दमक, चैत ८ । नेपाल तामाङ् घेदुङ दमक नगर समितिको अध्यक्षमा दुर्गा ब्लोन तामाङ चुनिएका छन् ।

स्थानीय किरात भवनमा सम्पन्न सातौं नगर अधिवेशनले तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा सरिता तामाङ र सनक गोले , सचिवमा रीता तामाङ, सह–सचिवमा पुकार तामाङ र कोषाध्यक्ष रविना वाइवा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सोभित तामाङ, सन्दिप तामाङ, प्रेम तामाङ, सुक्रराज तामाङ, सोनु गोले, राजकुमार पाख्रिन, मनोज तामाङ चयन भएका छन् ।
यसैगरी बौद्ध मुक्तिघाट समाधिस्थलको प्रथम अधिवेशनले नारायण तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गीता बम्जन, सचिवमा टेकबहादुर योञ्जन, सहसचिवमा मदन मोक्तान, कोषाध्यक्षमा धनमाया मोक्तान, त्यसैगरी सदस्यहरुमा सोमबहादुर बम्जन, नरबहादुर पाख्रिन, जोनीदेव घलान, सोवित वाईवा, सीता सिङदान (बम्जन ), शान्ता वल र मनोज योञ्जन निर्वाचित भएको निर्वाचन समितिका संयोजक हरि लामाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्