दमक, चैत ८ । नेपाल राष्ट्रिय शिक्षक संगठन दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।

संगठनको दोश्रो नगर अधिबेशनबाट बालकुमार रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी चयन भएको हो ।
सर्वसम्मत गठित कमिटीको महिला उपाध्यक्षमा खेमकुमारी घिमिरे, उपाध्यक्षमा गंगाराम घिमिरे,सचिवमा धु्रवराज खड्का , कोषाध्यक्षमा बलराम वस्ती र सहकोषाध्यक्षमा बन्दना भट्टराई चुनिएका छन् ।
वडा तहैवाट प्रतिनिधित्व हुनेगरी गठित सदस्यहरुमा भोजराज घिमिरे, वीरबहादुर लावती, धर्मसुन्दर भट्टराई,उमेश अधिकारी, टिकाराम पोख्रेल,अन्जु अर्याल, लेखनाथ लुईटेल, योगेन्द्र आचार्य, भवानीप्रसाद काफ्ले चुनिएका छन् । त्यस्तै महिला सदस्यहरुमा सन्तोषीकुमारी पोख्रेल,विमला मिश्र, मिनाकुमारी खनाल र बुद्धिकुमारी गुरुङ चुनिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्