झापा , चैत १० । प्रहरीले बहुविवाह र लागूऔषध मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लागऔषध मुद्धाका बिर्तामोड १ बस्ने ३३ वर्षिय संजय चौधरी र बहुविवाह मुद्धाका मोरङ सिजुवा घर भई हाल मेचीनगर १४ बस्ने २८ वर्षिय विश्वनाथ राजवंशी रहेका छन् ।
झापा जिल्ला अदालतको २०७० फागुन २१ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा चौधरीलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।

त्यस्तै झापा जिल्ला अदालतको २०७५ मंसिर ३ गतेको फैसला अनुसार बहुविवाह मुद्धामा राजवंशीलाई एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकिएमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजै पक्राउ गरेको हो । दुवैलाई कैद भुक्तानको लागि कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्