दमक, चैत १० । दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मंगलबारदेखि जिल्लाको शिवसताक्षीस्थित झिलझिले र पूर्वी मोरङको उर्लावारीमा एकैसाथ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

आफ्ना शेयर सदस्यहरुलाई सुविधा पुर्याउन ती दुवै स्थानमा मंगलबारदेखि औपचारिक रुपमा एकैसाथ सेवाकेन्द्र सञ्चालनमा ल्याईएको व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिए । शिवसताक्षी ८ स्थित झिलझिले सेवाकेन्द्रको शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्मा र उर्लावारी ७ स्थित सेवाकेन्द्रको उर्लावारीका नगर प्रमुख खड्ग फागोले उद्घाटन गरे ।
संस्थाले आफ्नो १२ औ स्थापना दिवसको अवसर पारेर पहिलोपटक ती दुईवटा सेवाकेन्द्र एकैसाथ सञ्चालनमा ल्याईएको सहकारीका अध्यक्ष रवि केसीले बताए । सेवाकेन्द्र उद्घाटनमा स्थानीय जनप्रतिनिधिहरु, सहकारी संघसंस्थाका प्रतिनिधिहरु,उद्योगी,व्यवसायीहरुलगायतको उपस्थिति रहेको थियो ।
यसैवीच सहकारीले बुधबार आफ्नो नवनिर्मित भवनको उद्घाटन गर्नुका साथैं स्थापना दिवसको अवसर पारेर उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाईएको छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा हुने स्थापना दिवस लक्षित स्वास्थ्य शिविरमा सर्वसाधारणका लागि रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण हुने व्यवस्थापक घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्