झापा , चैत १० । कोरोना संक्रमण पुनः बढ्दै गएपछि प्रहरी प्रशासनले फागु पर्वमा भीडभाड गर्न प्रतिवन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार सूचना जारी गरी फागु अर्थात होली पर्वमा भीडभाड नगर्न र नगराउन आम सर्वसाधारणलाई अनुरोधसहित सचेत गराएको हो । साथै मास्क , सेनिटाइजर र सामाजिक दुरीलगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आम नागरिकलाई सजग र सचेत गराइएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्