कुमरखोद, चैत १२ । डिल्लीराज माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः ः मणिराज गणेश चयन भएका छन् ।

बुधबार वसेको विद्यालय व्यवस्थापन समितिको वैठकले समाजसेवी मणिराज गणेशलाई पुनः अध्यक्ष पदमा सर्वसम्मतले चयन गरेको हो । धेरै दिनको अथक प्रयासपछि विद्यालयले पूर्णता पाएको छ । गणेश उक्त विद्यालयका संस्थापकका नाति हुन् । उनकै हजुरवुवा डिल्लीराज गणेशकै नामवाट नामाकरण गरी स्कुलको नाम डिल्लीराज मावि राखिएको हो । उनका हजुरवुवा डिल्लीराज गणेशले स्कुल संचालन गर्नका लागि आफ्नो जग्गामा स्कुल बनाइदिएर सरकारलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति सदस्यमा भगदेव राजवंशी , सुरजमनी सोरेन , रुक्सा खातुन , खड्ग बस्नेत , सामवती राजवंशी रहेका छन् । पदेन सदस्य वडा अध्यक्ष राजु भारती , शिक्षक प्रतिनिधि लोचन यादव र उक्त विधालयका प्रधानअध्यापक विरेन्द्रप्रसाद गुप्ता सदस्य सचिव रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्