झापा, चैत १२ । झापाको शिवसताक्षी वडा नं १ धरमपुर नजिकै ढकाल चौकस्थित भित्री सडकखण्डमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे १० प ३५६९ नं. को मोटरसाइकल आफंै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४६ बर्षिय किशोर कार्कीको मृत्यु भएको हो ।
बुधबार भएको दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार बिहान सवा २ बजे मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतकका श्रीमती र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्