भद्रपुर, चैत १३ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख सानुराम भट्टराईसहित १३ जनालाई सम्मान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक भट्टराईसहित ६० वर्षमाथिका निम्न वर्गीय ६ जना वृद्ध तथा ६ जना बृद्धालाई सम्मान गरिएको हो ।
केन्द्रका अध्यक्ष ज्ञानबहादुर चौहानलगायतका सहभागीहरुले प्रहरी उपरीक्षक भट्टराईलाई ढाका टोपीसहित जेष्ठ बृद्ध ६ जनालाई टोपी र गलबन्दी तथा ६ जना बृद्धालाई एक–एक थान साडीसहित मजेत्रो दिएर सम्मान गरेका थिए ।
चौहानको अध्यक्षता तथा सचिव डम्बर वनको संचालन रहेको कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराई ,जेष्ठ नागरिक संघका धनप्रसाद शिवाकोटी , नगर कार्यपालिका सदस्य मित्रा भट्टराई ,ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका प्रहरी नायव निरिक्षक जनक तिम्सिना ,समाजसेवी दुर्गाप्रसाद पाठक, सामाजिक अभियन्ता भुमादेवी घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
केन्द्रका उपाध्यक्ष बाबुराम कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा नवदुर्गा टोल विकास समिति अध्यक्ष नरबहादुर गिरी ,सामाजिक व्यक्तित्व खड्गबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्