बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै बिर्तामोडका अटो चालकहरुलाई क्युआर कोड वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा अटो चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरेको बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए ।
ग्लोबल मनी विकको अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बैंकका प्रदेश १ प्रमुख राजेश ढकालले अटो चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेर अभियानको उद्घाटन गरका थिए ।
कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख ढकालले बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गरे । उनले यातायातका अन्य साधनहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बिर्तामोड शाखा प्रमुख पौड्यालले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका रिलेसनसिप मेनेजर राजु श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बाँस्तोलाले सिभिल बैंकले उपलब्ध गराएको क्युआर कोडले चालकहरुलाई स्मार्ट बनाउने बताए । उक्त अवसरमा अटो सवारी चालकहरुलाई बैंकको तर्फबाट चालक पोशाक पनि वितरण गरिएको थियो ।

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ८१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्