बिर्तामोड , चैत १३ । तीब्र गतिमा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाको एम्बुलेन्सले अहिले साँझ मेची आँखा अस्पताल अगाडि अटोलाई ठक्कर दिँदा तीनजना सख्त घाइते भएका छन् ।


मे १ च ६२७९ नं को एम्बुलेन्सले मे१ ह ५६३४ नं को अटोलाई ठक्कर दिएको हो । ठक्करबाट अटोचालक यमनाथ प्रसाई , अटोमा सवार गीता चाहार र उनका श्रीमान गंभीर घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि बिएण्डसी हस्पिटल लगिएको छ ।

विना साइरन तीब्र गतिमा रहेको एम्बुलेन्सले सही साइडमा रहेको अटोलाई ठक्कर दिएको प्रत्यक्षदर्शी रामेश्वर मण्डलले बताए । दुर्घटनापछि एम्बुलेन्स चालक फरार भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्