भद्रपुर, चैत १४ । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १८ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषद भेलामार्फत सभा गरिएको हो ।
समितिका अध्यक्ष अधिकारीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै समितिमार्फत वितरित पिउने पानीको राष्ट्रिय मापदण्ड अनुकुल गुणस्तरीय भएको प्रगति समेत प्रस्तुत गरेका थिए ।

समितिका कोषाध्यक्ष राजन आचार्यले वार्षिक आम्दानी १ करोड ५७ लाख २७ हजार ९ सय ७४ रूपैयाँ भएको प्रतिवेदन सार्वजनिक गर्दै १२ लाख ७९ हजार ४ सय ८१ रूपैयाँ खुद नाफा भएको जानकारी दिए ।
सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला, सचिव जीवनाथ चापागाई, नेकपा एमाले भद्रपुर इन्चार्ज असारू राजवंशी, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, समितिका पूर्व अध्यक्ष अम्बरबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राख्दै समितिको कार्यक्षेत्र विस्तारसँगै पानी संकलनका श्रोत कुँवा बढाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्