झापा ,चैत १५ । धेरैको सहयोगका बावजुद मोडेल तथा कलाकार आँशु(आशिका) राजवंशीलाई बचाउन सकिएन ।

मोरंग बेलबारी ९ डाँगीहाटकी मोडेल तथा कलाकार आँशुको शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा अल्पायुमै निधन भएको हो । उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

बिगत पाँच महिनादेखि उनी पेट र फोक्सोसम्बन्धी समस्याका कारण थलिएकी थिइन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी उनको त्यहाँ उपचार संभब नभएपछि काठमाडौं रेफर गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्