झापा, चैत १५ । झापाको बिर्तामोड नगरपालिका–५ बाट लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्