बिर्तामोड , चैत १५ । झापाको बिर्तामोड–१० सैनिकबजारस्थित एकल महिला तथा जेष्ठ नागरिक वडा समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको बिर्तामोड– १०का वडाध्यक्ष दुर्योधन गुरुङले उद्घाटन गरे । समितिका अध्यक्ष मनु सुनुवार मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धनपति बरालले स्वागत गरेका थिए । समितिका अध्यक्ष मुखियाले समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । उनले २०७२ सालमा स्थापित समितिले आर्थिक बचतसहित एकल महिला तथा जेष्ठ नागरिकको संरक्षण तथा सम्मानका विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
एकल महिला तथा जेष्ठ नागरिक समिति झापाका सचिव काजी बुढाथोकीले नेपाल सरकारको समन्वय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा .२०६८सालमा झापासहित १० जिल्लाका तत्कालीन ४० गाविसमा एकल महिलाद्वारा सञ्चालित परियोजनाअन्तरगत जेष्ठ नागरिक समितिको रुपमा स्थापना भएकाले अन्य भन्दा भिन्न रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि गुरुङ , बिशिष्ठ अतिथि जेष्ठ नागरिक महासंघ बिर्तामोड नगर अध्यक्ष तथा बिर्तामोड–४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले जेष्ठ मातापिताप्रति सधैं श्रद्धा सम्मान गर्नुपर्ने बताउँदै आ–आफ्नो क्षेत्रबाट समितिलाई यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य दिपिका सिवा,विशाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गौतम,समितिका वरिष्ठ सल्लाहकार देवीप्रसाद दंगाल, किरात माङहिमका अध्यक्ष रिमानध्वज लोक्ताम, पूर्व प्रधानाध्यापक मखनबहादुर गुरुङलगायतको आतिथ्य रहेको थियोे।
सदस्य टेकबहादुर देवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन रुपनारायण मुखियाले गरेका थिए।
यसैबीच, साधारणसभाबाट समितिको अध्यक्षमा पुनः मनु मुखिया सर्वसम्मत चयन भएकी छन् । नवगठित समितिको उपाध्यक्षमा धनपति बराल,सचिवमा रुपनारायण मुखिया र कोषाध्यक्षमा शान्ति गुरुङ चयन भएका छन्। त्यस्तै सदस्यमा रिमानध्वज लोक्ताम, टेकबहादुर देवान,चेतानन्द निरौला,श्रीप्रसाद शिवाकोटी, कविराज गौतम, माया खेवा लिम्बू र गोमा पाठक रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्