झापा , चैत १५ । झापामा प्रतिबन्धित लागूऔषधको कारोबार र प्रयोग बढ्दै गएको पाइएको छ ।

लागूऔषधसहित प्रत्येक दिन कोही न कोही पक्राउ पर्ने गरेका छन् । यसक्रममा लागूऔषध ब्राउनसुगरको कारोबार गर्दैगर्दा दुईजना आइतबार भद्रपुरबाट पक्राउ परेका छन् । आइतबार दिउँसो २.३० बजे भद्रपुर नगरपालिका १० भृकुटी चोकमा सोही ठाउँ बस्ने ३९ वर्षिया माईक मर्डीको घरमा शंका लागेर जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिलिग्राम ब्राउनसुगरसहित उदयपुर बेलका नगरपालिका घर भई हाल कचनकवल ६ बस्ने २१ वर्षिय रोशन मगरलाई नियन्त्रणमा लिएको छ । मर्डी र मगर दुवैजनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्